बालुवाटारमा सत्तारूढ दलको बैठक बस्दै

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालुवाटारमा सत्तारूढ दलको बैठक बस्दै
Filephoto

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक आह्वान गर्नुभएको छ । 

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने गरि सत्तारूढ दलका नेताहरुलाई बोलाइएको हो । प्रधानमन्त्री ओलीले सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा आज आफ्ना कामको विवरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ ।

आजको बैठकमा पनि सरकारको कामको १०० दिनको समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.