प्रधानमन्त्री ओलीले आज एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीले आज एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ ।

आज दिउँसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमति भएपछि ओली प्रधानमन्त्री बन्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्यदिशा र समसामयियक राजनीतिक विषयमा भइरहेको बताइएको छ । बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.