विपद् व्यवस्थापनका नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन राष्ट्रियसभा सदस्यहरुको आग्रह

बाढी पहिरोपछि मूल्यवृद्धि चुलिएको भन्दै सरकारको ध्यानाकर्षण
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनका नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन राष्ट्रियसभा सदस्यहरुको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले विपद् व्यवस्थापनको नाममा जनतामाथि ठगी गर्ने काम हुन नदिन सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सदस्यहरुले बाढी, पहिरोको विपत्तिपछि दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढाएर जनतालाई ठग्ने काम भैरहेको भन्दै तत्काल नियमन गर्न सरकारलाई सुझाव दिए ।

विपदमा परेकाहरुलाई तत्काल राहत दिने गरी नीतिगत निर्णय गर्न पनि उनीहरुले सरकारलाई सुझाव दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.