स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन निर्वाचन आयोगले दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुई मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा के गर्ने भन्ने प्रष्ट छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.