प्रमुख प्रतिपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा सुरु

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रमुख प्रतिपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा यो बैठक बसेको हो ।

समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले यो बैठक बोलाउनु भएको जनाइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा नेपाल लगायतका दलहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तर‌ङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.