दिनैपिछे सरकार परिवर्तन हुन्छ भन्ने कुरा सुनिन्छ : प्रधानमन्त्री ओली

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दिनैपिछे सरकार परिवर्तन हुन्छ भन्ने कुरा सुनिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्मै कायम रहने दाबी गर्नु भएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीले दशैंपछि सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, 'दिनैपिछे सरकार परिवर्तन हुन्छ भन्ने कुरा सुनिन्छ । दशैंपछि तुरुन्त सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छ, कुन दशैंपछि ? ०८४ सालको दशैंपछि चुनावमा ठिकै हो।'

आफ्नो कार्यकाल १ वर्ष ९ महिना बाँकी रहेको बताउँदै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.