बीपी राजमार्ग पुनर्निर्माणमा सघाउन जापान सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्ग पुनर्निर्माणमा सघाउन जापान सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणमा सघाउन जापानसँग प्रस्ताव राख्नुभएको छ ।

जापानी राजदूत किकुता युताकासँग बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानबाट सहयोगको प्रस्ताव राख्नु भएको हो ।

जवाफमा राजदूत युताकाले उक्त विषयमा आफूले जापान सरकारसँग कुरा राख्ने बताउनु भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे पनि छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.