नेपाल र अमेरिकाबीचको टी-ट्वेन्टी-आई सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स एचडीबाट

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र अमेरिकाबीचको टी-ट्वेन्टी-आई सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स एचडीबाट

काठमाडौं । नेपाल र अमेरिकाबीच हुने टी-ट्वेन्टी आई सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स एचडीबाट हुने भएको छ । तीन खेलको टी-ट्वेन्टी-आई सिरिज नेपालको समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछ ।

कान्तिपुर म्याक्ससहित कान्तिपुर टेलिभिजनका डिजिटल प्लेटर्फममा पनि खेलको प्रत्यक्ष प्रशारण हुनेछ । टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने पहिलो खेल शुक्रबार बिहान पौने ६ बजे सुरु हुनेछ । 

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी-ट्वेन्टी आई सोमबार बिहान हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग टुका खेल हुनेछन् । 

लिग टु सिरिज २५ अक्टोबरदेखि डालासमै सुरु हुनेछ । रोहित पौडेलको टोली क्यानडामा लिग टु र टी-ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो । 

क्यानडा, नेपाल र ओमान सम्मिलित लिग टु सिरिजका चार खेलमा नेपाल जीतविहीन बन्यो । त्यसपछि भएको टि-ट्वेन्टी सिरिजमा नेपाल दोस्रो भएको थियो । स्पिनर सन्दीप लामिछाने भने अमेरिकाको भिसा प्रक्रियाका लागि क्यानडाबाट नेपाल फर्किएका थिए । हाल उनी नेपालमै छन् । शुक्रबारसम्म उनको भिसाको टुंगो लाग्ने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.