एमाले लक्षित महामन्त्री शर्माको टिप्पणी- व्यवसायीबाट सहयोग लिने भए भूकम्पपीडितका घर र स्वास्थ्य चौकी बनाउन लेऊ

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले लक्षित महामन्त्री शर्माको टिप्पणी- व्यवसायीबाट सहयोग लिने भए भूकम्पपीडितका घर र स्वास्थ्य चौकी बनाउन लेऊ

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई ऋणमुक्त बनाउन व्यापारीलाई मुठी खोलेर साथ देउ भन्न पनि मिल्छ भन्दै घुमाउरो भाषामा एमाले पार्टी कार्यालयका लागि जग्गा र भवन दानमा लिएको विषयमा आलोचना गर्नुभएको छ ।

भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङबाट एमाले पार्टी कार्यालयको लागि जग्गा र भवन दानमा लिएको विषयमा शर्माले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै आलोचना गर्नुभएको हो ।

महामन्त्री शर्माले बरु भूकम्प पीडितका लागि घर बनाइदिन, पुल तथा गाउँमा शैक्षिक संस्था र स्वास्थ्य चौकी बनाउन सहयोगका लागि ठूला व्यवसायीलाई अपिल गर्न मिल्ने बताउनुभएको छ ।

यस्तै अर्को ट्विटमा महामन्त्री शर्माले कांग्रेसको केन्द्रीय कार्यलय बनाउन व्यवसायीको स-सानो धन प्रयोग भए पनि मूलत पार्टी सदस्यको रकम प्रयोग भएकाले कार्यकर्ताले गर्व गर्ने समेत बताउनुभएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.