एनपीएल : पोखरा एभेन्जर्सले अमेरिकी खेलाडी आन्द्रियस गसलाई टिममा भित्र्यायो

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : पोखरा एभेन्जर्सले अमेरिकी खेलाडी आन्द्रियस गसलाई टिममा भित्र्यायो

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली पोखरा एभेन्जर्सले, अमेरिकाका आन्द्रियस गसलाई भित्र्याएको छ । पोखराले आज सामाजिक सञ्जालमार्फत विकेट किपर, ब्याटर गसलाई विदेशी कोटामा अनुबन्ध गरेको जानकारी दिएको हो ।

गस दक्षिण अफ्रिकामा जन्मिएका हुन् । उनले दक्षिण अफ्रिकाको अन्डर नाइन्टिन टिमबाट खेलिसकेका छन् । उनले गत अप्रिलमा अमेरिकाबाट टि-ट्वेन्टी-आईमा डेब्यु गरेका हुन् । 

घरेलु मैदानमा भएको आईसीसी टी-ट्वेन्टी विश्वकपमा पनि गस टोलीको सदस्य थिए । उनले टि-ट्वेन्टी आईमा ५ सय ९८ रन जोडेका छन् । पोखराले भारतका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । उनीसँग आईपीएलको टोली चेन्नाई सुपर किङ्सका लागि ब्याटिङ तथा फिल्डिङ प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ । पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल हुन् । पोखरा अक्सनमा स्पिनर सागर ढकाललाई लिन सफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.