प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ । रास्वपाले आज विज्ञप्ति जारी गरेर विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन बोलाउन माग गरेको हो ।

रास्वपाले सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुद्दामा घोषित प्रतिबद्धता पूरा गर्न सरकारले प्रारम्भिक संकेतसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

विज्ञप्तिमा मुद्दा खेपिरहेका व्यापारीबाट करोडौंको जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.