साफ महिला च्याम्पियसिप खेल्ने नेपाली टिमलाई युनिलिभरले गर्‍यो ट्राभल किट्स हस्तान्तरण

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियसिप खेल्ने नेपाली टिमलाई युनिलिभरले गर्‍यो ट्राभल किट्स हस्तान्तरण

काठमाडौं । साफ महिला च्याम्पियसिपमा सहभागी नेपाली टोलीलाई युनिलिभर नेपाल लिमिटेडले ट्राभल किट्स हस्तान्तरण गरेको छ । युनिलिभर महिला विश्वकपको पनि प्रायोजक हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज गरिएको कार्यक्रममा युनिलिभर नेपालका सौरभ कारञ्जित र कन्ट्री हेड सानिस्था भटियाले राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स हस्तान्तरण गरेका हुन् । 

युनिलिभर नेपालले गत वर्षदेखि महिला टोलीलाई प्रायोजन गर्दै आएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले, यो पटक उत्कृष्ट टोली रहेकाले उपाधी घरमै राख्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि युनिलिभर नेपालको सहयोग निरन्तर रहने अपेक्षा गरे ।

एन्फाले साफ च्याम्पियनसिपको गेट कलेक्सनबाट प्राप्त रकमको २० प्रतिशत महिला खेलाडीलाई दिने जानकारी पनि दिएको छ । एन्फाले टिकट बिक्रीको अधिकार ८० लाख रुपैयाँमा बिक्री गरिसकेको छ । जसअनुसार महिला खेलाडीले १६ लाख प्राप्त गर्ने निश्चित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.