प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ । झन्डै ११ रोपनी जग्गामा निर्माण थालिएको भवन एक वर्षभित्र सम्पन्न हुने छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभयो । भाटभटेनीका सञ्चालक तथा व्यवसायी गुरुङले नि:शुल्क उपलब्ध गराएको १० रोपनी १४ आना जग्गामा भवन बनाउन थालिएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा एमाले कार्यालय भाडामा सञ्चालन हुँदै आएको भए पनि बाढीका कारण बस्न अप्ठ्यारो भएपछि एमालेले आफ्नै नयाँ भवन निर्माण गर्न लागेको हो ।

बल्खुस्थित पार्टीको जग्गामा पनि तीनतिर खोलाका कारण भवन निर्माण गर्न नमिल्ने भएपछि व्यवसायी गुरुङले दिएको जग्गामा निर्माण गर्न लागिएको हो ।

व्यवसायी गुरुङले निर्माण हुने एमाले पार्टी कार्यालय भूकम्प र बाढी पहिरो र डुबान प्रतिरोधी हुने बताउनुभयो ।

२०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पछिल्लो ९ वर्षको अवधिमा एमालेको केन्द्रीय कार्यालय तीन ठाउँमा सरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement