![उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेको भिड [ फोटोफिचर ]](https://kantipurtv-assets-api.ekantipur.com/thumb.php?src=https://kantipurtv-assets-cdn.ekantipur.com/uploads/source/news/2024/miscellaneous/Mainphoto-1735565092.jpg&w=1000&height=550)
रसुवा । रसुवा-रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा सोमबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भिड लागेको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।
उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरुको भिड लागेको हो । भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरु श्राद्ध गर्न आउने गर्छन्






