सरकार परिवर्तनको हल्ला फिजाएर मुख नमिठ्याउँदा हुन्छ : महासचिव पोखरेल

पुस १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार परिवर्तनको हल्ला फिजाएर मुख नमिठ्याउँदा हुन्छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको परिस्थिति निर्माण गरे संविधान संशोधनको प्रकृया अघि बढ्ने बताउनु भएको छ ।

एमाले प्रचार विभागले आज दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै एमाले महासचिव पोखरेलले अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताउनु भएको हो । संरचना सुधार, अधिकारमा स्पष्टता र कानून सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य भइरहेको उहाँको भनाइ छ ।

उहाँले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउनुहुँदै सरकार परिवर्तनको हल्ला फिजाएर मुख नमिठ्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement