एक साताभित्र मधेश प्रदेशसभाको बैठक बोलाउने तयारी

पुस १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एक साताभित्र मधेश प्रदेशसभाको बैठक बोलाउने तयारी

धनुषा । मधेश प्रदेश सरकारले एक साताभित्र प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले तेस्रो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि प्रदेशसभाको चौथो अधिवेशन यसै साता बोलाउने तयारी गरेको हो ।

सत्ता साझेदार दलबीच चार दिनअघि नै प्रदेशसभाको अधिवेशन बोलाउने सहमति भए पनि प्रमुख सचिव लोकनाथ पौड्याल बिदामा रहनु भएका कारण मन्त्रिपरिषदको बैठक बोलाउन ढिलो भएको एमाले संसदीय दलका नेता समेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिनु भयो । मन्त्रिपरिषद्को बैठक भोलि बोलाइएको छ ।

जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले, नेपाली कांग्रेस र लोसपाको समर्थन रहेको छ । असार १ गते ल्याएको बजेट वक्तव्यको १ सय ४७ नम्बर बुँदामा विकास निर्माणका काम खुला प्रतिस्पर्धाबाट गराउने उल्लेख छ । त्यसलाई संसोधन गरी विकास निर्माणलाई गति दिन उपभोक्ता समितिमार्फत गराउनका लागि प्रदेशसभा बोलाउनु पर्ने सरकारको बाध्यता रहेको छ ।

६ बर्षभन्दा बढी समय मधेश प्रदेश सरकारको नेतृत्व गरेको र अहिले प्रतिपक्षमा रहेको जसपाले पनि विकास निर्माणलाई गति दिन प्रदेशसभाको बैठक बोलाउन सरकारमाथि दबाब बढाउने निर्णय हिजो गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement