प्रमाणीकरणका लागि पठाइएका दुई विधेयक लुम्बिनी प्रदेश प्रमुखद्वारा फिर्ता

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रमाणीकरणका लागि पठाइएका दुई विधेयक लुम्बिनी प्रदेश प्रमुखद्वारा फिर्ता

दाङ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक राय-सुझावसहित प्रदेश सभामा फिर्ता पठाउनु भएकाे छ । 

पुनर्विचारका लागि भन्दै प्रदेश प्रमुख घर्तीले प्रमाणीकरणका लागि पठाइएका दुई विधेयक प्रदेश सभामै फिर्ता गर्नु भएको हाे ।

प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसाेधन गर्न बनेकाे विधेयक र स्थानीय निजामती सेवाकाे गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेकाे विधेयक पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement