लुम्बिनीमा कांग्रेसको प्रमुख सचेतकको जिम्मा नमूना ढकाललाई

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा कांग्रेसको प्रमुख सचेतकको जिम्मा नमूना ढकाललाई

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा नमूना ढकाल नियुक्त हुनु भएको छ ।

नेपाली कांग्रेसको समानुपातिकतर्फबाट निर्वाचित रुपन्देहीकी प्रदेशसभा सदस्य ढकाललाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज प्रमुख सचेतकमा नियुक्त गर्नु भएको हो ।

मन्त्री बन्ने सूचिमा रहेर पनि अन्तिम समयमा मन्त्री बन्न नपाएका यसअघिका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले गत साउनमा राजीनामा दिएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा प्रमुख सचेतक पद रिक्त थियो ।

प्रमुख सचेतकमा ढकाललाई नियुक्त गरिए पनि निमा गिरिले राजीनामा दिएको सचेतक पद भने रिक्त नै छ ।

यसैबीच, नेपाली कांग्रेसबाट आज दुई मन्त्री थपिने भनिए पनि त्यसको टुंगो लाग्न सकेन । गत साउन ९ गते मुख्यमन्त्री बन्नु भएका चेतनारायण आचार्यले अझै मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सक्नु भएको छैन । लुम्बिनी प्रदेशमा चार मन्त्रालय रिक्त छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement