संविधान संशोधन गर्ने सर्तमा सरकारलाई समर्थन गरेका हौं : अध्यक्ष यादव

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधन गर्ने सर्तमा सरकारलाई समर्थन गरेका हौं : अध्यक्ष यादव

FilePhoto

पाँचथर । जनता समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने सर्तमा आफ्नो दलले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको बताउनुभएको छ । 

आज पाँचथर सदरमुकाम फिदिम पुग्नुभएका यादवले आफ्नो पार्टीले २०७२ असोज ३ गते संविधान जारी भएकै दिनदेखि संशोधनको माग गरिरहेको दोहोर्‍याउनुभयो ।

संविधानलाई मुलुकका सबै जाति भाषा र समुदायको अपनत्व हुने गरी संशोधन गर्नु जरुरी रहेकाले सोही सर्तमा एमाले कांग्रेसको साझेदारीमा गठन भएको सरकारलाई समर्थन दिएको उहाँको भनाइ छ ।

यादवले सरकार भ्रष्टाचार नियन्त्रण र सु-शासनतर्फ गम्भीर नरहेको आरोप पनि लगाउनुभयो । सरकारको नेतृत्व गरिरहेका दल भन्दा पनि बिचौलियाका कारण देशमा भ्रष्टाचार र अनियमितता नरोकिएको उहाँको भनाई थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement