रवि लामिछाने पक्राउ पर्ने आशंकामा रास्वपाका कार्यकर्ता पार्टी कार्यालयमा भेला

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने पक्राउ पर्ने आशंकामा रास्वपाका कार्यकर्ता पार्टी कार्यालयमा भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएको छ ।

रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई तत्काल केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन गरेको हो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी आज पक्राउ परेपछि सोही सिफारिसमा परेका सभापति लामिछानेसमेत पक्राउ पर्ने आशंका बढेको छ ।

सभापति लामिछाने सहितका केन्द्रीय नेताहरु पार्टी कार्यालय वनस्थलीमै बसेका छन् । आजै मात्र गृहमन्त्री रमेश लेखकले सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन तत्काल अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement