कारबाही सिफारिस भएका व्यक्ति 'क्लिनचिट' पाएँ भन्दै हिँड्नु गैरजिम्मेवारपन : शंकर पोखरेल

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कारबाही सिफारिस भएका व्यक्ति 'क्लिनचिट' पाएँ भन्दै हिँड्नु गैरजिम्मेवारपन : शंकर पोखरेल

FilePhoto

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी छानबिन समितीले कारबाहीका लागि सिफारीस गरेका व्यक्तिहरुले क्लिनचिट पाएको भन्दै हिड्नु गैरजिम्मेवारपना भएको बताउनु भएको छ ।

दाङको घोराहीमा प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आफुले एक रुपैयाँ पनि लगानी नगरी सेयर सदस्य बन्नु जिम्मेवार पदमा बस्नु र रकम अपचलनमा आफ्नो संलग्नता छैन भन्दै हिड्नु गैर जिम्मेवार अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय दलको प्रमूख र विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालीसकेका व्यक्तिबाट आएका अभिव्यक्ति हतास मानसीकताको उपज भएको भन्दै बाँकी तथ्यहरु आगामी दिनमा हुने अनुसन्धानले बताउने उहाँको भनाइ छ ।

अर्को प्रसंगमा बोल्दै महासचिव पोखरेलले माओवादी केन्द्र र पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसदमा असंसदीय र अमर्यादित गतिविधी देखाएको आरोप लगाउनु भयो । नयाँ सरकार गठनको सय दिन पुरा नहुँदै सरकारको संसदमा विभिन्न बाहानाबाजी गर्दै आलोचना गर्ने संसद अवरुद्ध गर्ने काम असंसदीय र अमर्यादीत भएको महासचिव पोख्रेलले बताउनु भयो ।

दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा अन्तरविरोध पैदा गर्दै सत्तामा रहीरहने माओवादीको सोच मुलुकमा अस्थिरताको मुल कारण भएको भन्दै अब मुलुकले त्यसबाट छुटकारा पाएको बताउनु भयो ।

आगामी निर्वाचनमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णयले माओवादीमा त्रास सृजना भएको भन्दै उहाँले जनताको मन जितेर संसदमा र सरकारमा आउन माओवादी केन्द्रलाई आग्रह गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement