लोसपाबाट अलग भएको करिब ८ महिनापछि राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोसपाबाट अलग भएको करिब ८ महिनापछि राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल ‘राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक’ घोषणा गर्नुभएको हो । कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने उहाँले बताउनु भयो ।

उहाँले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताउनु भयो । बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement