एमालेले हरेक पार्टी कमिटीलाई सामाजिक सञ्जालमा जोड्ने, यस्तो छ बैठकले पारित गरेको कार्ययोजना

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेले हरेक पार्टी कमिटीलाई सामाजिक सञ्जालमा जोड्ने, यस्तो छ बैठकले पारित गरेको कार्ययोजना

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरुका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरुको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ ।

त्यसैगरी पार्टीमा युवाहरुलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ । महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताउनु भयो ।

एमालेले समावेश गरेको १८ वटा विषयबस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने,सोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ ।

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकि कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement