नेकपा एमालेको सचिवालय बैठक जारी, उपसभामुख बारे पार्टीको धारणा बनाउने

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेकपा एमालेको सचिवालय बैठक जारी, उपसभामुख बारे पार्टीको धारणा बनाउने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक निर्धारित समय भन्दा केही ढिलो गरी शुरु भएको हो । बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । त्यस्तै उपसभामुख इन्दिरा रानाको बारेमा पनि छलफल गरी पार्टीको धारणा बनाउने बताइएको छ ।

बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल हुने जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement