काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि संघर्ष आवश्यक भएको बताउनु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा दाहालले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताउनु भएको हो । क्रान्तिका बलमा स्थापित व्यवस्थाको उपभोग गरिरहेकाहरुले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको अध्यक्ष दाहालको आरोप छ । यसैबीच आजै विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेस र एमालेले भ्रष्टाचारीलाई जोगाउन गठबन्धन गरेको आरोप लगाउनुभएको छ । दाहालले आफू अब पार्टी बनाउन लागेको स्पष्ट पार्दै सरकार बनाउन कुनै रुचि नभएको बताउनुभयो ।
आफूहरुलाई पार्टी पुर्निर्माणको अवसर मिलेकाले २०८४ सम्म सरकार चलाइराख्न पनि उहाँले कांग्रेस र एमालेलाई आग्रह गर्नुभयो ।