आजका मुख्य समाचार,
* उपचार अभावमा गर्भवती तथा सुत्केरीहरु अकालमै ज्यान गुमाउन बाध्य/ पर्याप्त स्रोतसाधन र जनशक्ति अभावको बहाना/ स्वास्थ्य मन्त्रालय भन्छ- एकल प्रयासले मातृमृत्युदर घटाउन कठिन ।
* संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय/ निजामती र विद्यालय शिक्षालगायतका महत्वपूर्ण विधेयकको छैन टुंगो ।
* आयातमा सुधार देखिँदा निर्यात व्यापार ३१ प्रतिशतले बढ्यो/ छ महिनाको व्यापार घाटा ७ खर्ब २३ अर्ब / किस्ता नउठ्दा अधिकांश बैंकको खराब कर्जामा वृद्धि ।
* अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्पले शपथ लिँदै/ दुई सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षरको तयारी / युरोप, चीन र क्यानडामा चिन्ता र चासो ।
* खो-खो विश्वकपमा ऐतिहासिक रजत पदक जितेर फर्किएका नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत / सरकारले दुवै टोलीलाई ४५-४५ लाख दिने ।