काठमाडौं । सत्तारुढ नेकपा एमालेले संविधान संशोधन गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलमा दुईदिनदेखि चलेको पार्टीको पोलिटब्युरो बैठकले सत्तासाझेदार नेपाली कांग्रेस र एमालेबीच भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
पोलिटब्युरो बैठकले आगामि २०८४ सालमा हुने आम निर्वाचनमा पनि कसैसँग गठबन्धन नगरी प्रतिस्पर्धा गरी पहिलो शक्ति बन्ने निर्णय गरेको छ । बैठकले पार्टी आगामी हुने गइरहेको स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण शक्ति लगाउने समेत निर्णय गरेको छ ।
त्यसैगरी बैठकले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको निष्कर्ष समेत निकालेको छ भने नैतिक र चरित्रहीनलाई पार्टीमा कुनै स्थान नदिने समेत निर्णय गरेको छ । बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको एक वर्षीय कार्ययोजना समित पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
पोलिटब्यूरो बैठकमा ५१ जना नेताहरुले आफ्ना धारणा राखेका थिए । अधिकांश नेताहरुले पार्टीले तोकिएको काम र जिम्मेवारी कार्यान्वयन नभएको र तोकिएका काम समय पूरा नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।