बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवद्र्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताउनुभएको छ ।

मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य पनि बताउनु भयो ।

उहाँले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताउनु भयो । उहाँले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो । लगानी दशकमा के-के काम गर्ने, १० वर्षमा केके काम गर्ने उद्देश्य बोकेको छ ? भन्नेबारेको योजना चाँडै सार्वजनिक गर्ने पनि बताउनु भयो ।

उहाँले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य बोकेको बताउनु भयो । यस वर्षभित्रै सूचिकरण, वर्गीकरण गर्दै वितरणको प्रक्रिया पनि शुरु गर्ने योजना रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले निर्देशिका संशोधन गर्न नसके रासयनिक मलको अभाव र आलोचना सधैँ भइरहने बताउनु भयो । नागरिकताको प्रतिलिपि नलगी १० किलो मल नपाइने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न मन्त्रालय लागिरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement