संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री ‌ओली

श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : प्रधानमन्त्री ‌ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ । 

महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदमा नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनु भयो ।

विधेयकलाई पीडितमैत्री बनाएर अघि बढाइएको दाबी गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायले राखेको चासो पनि सम्बोधन हुने बताउनुभयो । प्रतिनिधिसभामा भोलि विधेयकबारे दलका नेताहरुले धारणा राख्ने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement