डेडिकेटेड र ट्रंकलाइन महसुलबारे प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी सांसदबीच चर्काचर्की

श्रावण २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड र ट्रंकलाइन महसुलबारे प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी सांसदबीच चर्काचर्की

काठमाडौं । विद्युत् महसुल बक्यौता रकम असुली, गिरीबन्धु जग्गा र भुटानी शरणार्थी प्रकरण लगायत सबै खाले भ्रष्टाचारका विषयमा कुनै पनि हालतमा दोषीले उन्मुक्ति पाउन नहुनेमा सांसदहरुले माग गरेका छन् । तर विद्युत ट्रङ्कलाइन र डेडिकेटेट महसुलबारे भने सत्ता पक्ष र विपक्षबीच सदनमै आरोप प्रत्यारोप चल्यो । केही सांसदहरुले भष्ट्राचारमा हद म्याद राख्ने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले कुनै पनि भ्रष्टाचारका मुद्दामा कसैले पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो । विद्युत प्राधिकरणले उद्योगीसँग उठाउन बाँकी रहेको भनिएको ट्रङ्कलाइन र डेडिकेटेट महसुलबारे भने सत्ता पक्ष र विपक्षमा रहेका सांसदहरुबीच आरोप प्रत्यारोप चल्यो ।

सार्वजनिक लेखा समितिमा सभापति समेत रहेका एमाले सांसद ऋषिकेष पोखरेलले अघिल्लो सरकारले १६ अर्ब छुट हुने गरी निर्णय गरेको आरोप लगाउनुभयो । माओवादी केन्द्रसहित अन्य दलका सांसदहरुले उद्योगीहरुले तिर्न बाँकी रकम असुल गर्नुपर्नेमा जोडदिए ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विषयवस्तुभन्दा बाहिर गएर कुरा राखेको भन्दै बोल्न रोकेपछि रास्वपा र राप्रपाका सांसदहरुले विरोध जनाएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement