पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरबारमा सचिवहरुलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

उहाँले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरुको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । उहाँले राजश्वको दर बढाउने नभई दायरा विस्तार गर्नुपर्ने बताउनु भयो । 

उहाँले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने बताउनु भयो । उहाँले तत्काल करका दरमा हेरफेर गर्न नसकिने भए पनि सक्नेजति सहज बनाइने बताउनु भयो । उहाँले शेयर बजार मात्रै नभई सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ पोखरा विमानस्थलहरु छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त । त्यो त चलाउनु पर्छ नि । त्यत्रो पैसा खर्च गरेर चलाउनुपर्छ । भैरहवा एयरपोर्ट त्यस्तै छ । कहाँ संवाद गर्नुपर्छ, सुधार गर्नुपर्छ गरौँ । तर, सञ्चालन गरौँ । धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन् । पार्किङ छ, व्यवस्थित भएको छैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.