बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् विस्तार, थप ४ मन्त्रीले लिए शपथ

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् विस्तार, थप ४ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । बुधबार कांग्रेसका ३ जना विनाविभागीय मन्त्री नियुक्ति गरेर १० सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुएका मुख्यमन्त्री लामाले शनिबार थप ४ जना मन्त्री थपेर पुन: मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

कांग्रेसका तर्फबाट ७ र एमालेका तर्फबाट ६ जनासहित १४ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रभा खड्गी सामाजिक विकासमन्त्री, श्याम बहादुर खड्का खानेपानी, उर्जा तथा सिँचाइमन्त्री, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्री, सुरजचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुनमन्त्री  र मीनकृष्ण महर्जन युवा तथा खेलकुद मन्त्री बन्नुभएको छ । 

यस्तै मधुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी तोकिएको छैन । यस्तै एमालेका तर्फबाट किरण थापामगर स्वास्थ्य, प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास, अमन मास्के भौतिक पूर्वाधार, सुकमाया तामाङ उधोग, वाणिज्य भूमी तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम रोजगार तथा यातायात र कृष्ण सिलवाल वन तथा वातावरण मन्त्री नियुक्ती भएका छन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख यादबचन्द्र शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement