बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्थाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्छ : सांसद झा

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्थाबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरु सुरक्षित अवस्थामा रहे पनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताउनु भयो ।

‘केही दिन अगाडि बंगलादेशमा आरक्षणसम्बन्धि विषयको विवाद अन्तरगत केही बिरोधहरु भयो । त्यसले आक्रमक रुपमा आन्दोलनको रुप पनि लियो । लगभग १५० जनाभन्दा धेरैको मृत्यु भयो । नेपालबाट त्यहाँ अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरु आपतकालीन अवस्थामा त्यहाँबाट फर्किए,' उहाँले भन्नुभयो, 'त्यो सबै परिस्थितिका बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो । त्यो जानकारी अहिलेसम्म भएको छैन । तसर्थ त्यो जानकारी उपलब्ध गराइदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.