डेडिकेटेड र ट्रंकलाइन विवादबारे के भन्नुभयो सांसद शक्ति बस्नेतले ?

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड र ट्रंकलाइन विवादबारे के भन्नुभयो सांसद शक्ति बस्नेतले ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृत्ति राम्रो नभएको बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । 

उहाँले डेडिकेटेड र ट्रंकलाइन विद्युत् वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरुबाट गर्न जरुरी रहेको बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विद्युत् वक्यौता समाधानमा विधि र नियमभन्दा बाहिर गएर सरकारले काम गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरु पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो । कुरा सुशासन र विधि, नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ ।'

उहाँले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताउनु भयो ।

'नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित नबनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.