उपसभामुख रानामाथि प्रतिनिधिसभामा उठ्यो प्रश्न (कसले के भने ?)

श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपसभामुख रानामाथि प्रतिनिधिसभामा उठ्यो प्रश्न (कसले के भने ?)

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासमा गरेको भिसा सिफारिस विवादलाई लिएर प्रतिनिधिसभा बैठकमा सांसदहरु आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सत्तापक्ष नेपाली कांग्रेस तथा नेकपा एमालेका सांसदहरुले उपसभामुख रानाले राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने माग गरे । संसद्‌बाट विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेकाले रानाले बाहिरै बसेर छानबिनलाई सघाउनुपर्ने उनीहरुको भनाइ छ ।

तर, विपक्षीदलहरु माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने संवैधानिक नियुक्तिका लागि मनोमानीका लागि उपसभामुखमाथि प्रश्न उठाइएको दाबी गरे । सत्तापक्षले मिडिया ट्रायल र नैतिक रुपमा चरित्र हत्या गरेको उनीहरुको आरोप छ ।

संसद्‌बाहिरका पाँच जनालाई भिसा अन्तर्वार्ताका लागि समय दिलाइदिन अनुरोध गर्दै पत्र लेखेको सार्वजनिक भएपछि उपसभामुख राना विवादमा पर्नुभएको हो । रानाविरुद्ध संसद्‌को राज्य व्यवस्था समितिमा समेत उजुरी परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement