लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराद्वारा पदबाट राजीनामा

श्रावण ६, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराद्वारा पदबाट राजीनामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । 

आज बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री महराले राजीनामा दिनु भएको हो । 

गत चैत्र २३ गते एमालेसहित साना दलहरुका ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नु भएका महरा नेतृत्वको सरकारलाई नेकपा एमालेले दिएको समर्थन असार २० गते फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

मुख्यमन्त्रीबाट राजीनामा दिनु अघिको सम्बोधनका क्रममा मुख्यमन्त्री महराले ठूला राजनीतिक दलहरूमा देखिएको इमानदारीताको स्खलनले जनता निराश बन्दै गएको बताउनु भयो ।

दलहरुको नेता कार्यकर्ता एकपछि अर्को अनियमितता र भ्रष्टाचारका काण्डमा मुछिदै गएको भन्दै मुख्यमन्त्री महराले यसको सत्य तथ्य छानबिन गर्न र दोषीमाथि कारबाही हुनु पर्ने बताउनु भयो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement