सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ : प्रभु साह

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाउनुभएको छ । कालो धनलाई सेतो बनाउन सरकारका मन्त्रीहरु नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोकारमा संलग्न रहेको उहाँको जिकिर थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुन्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताउनु भयो ।

'हुन्डी कारोबारीको संरचना के तोड्नै नसकिने हो ? सरकार उच्च ओहोदाका मान्छेहरु हुन्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुन्डी कारोबारमा संलग्न छन्,' उहाँले भन्नुभयो ।

उहाँले हुन्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष साहले भन्नुभयो, 'हुन्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौं । आज हुन्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement