५० खेलाडीको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडीलाई कतिमा मूल्यमा किने ?

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
५० खेलाडीको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडीलाई कतिमा मूल्यमा किने ?

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा ५० खेलाडीको अक्सन सम्पन्न भएको छ ।

अक्सनमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक १५ लाख रुपैयाँमा जनकपुर बोल्टमा अनुबन्ध भएका छन् । 

एनपीएलको अक्सनमा 'ए' क्याटगरीका ललितलाई काठमाडौं र चितवनबाहेक बाँकी ६ टिमले १५ लाखको बोली लगाएका थिए । लक्की ड्रका आधारमा जनकपुरले ललितलाई टिममा भित्र्यायो ।

यसैगरी, लोकेश वमलाई विराटनगर किङ्ग्सले सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको छ । जनकपुरबाहेक बाँकी ७ टिमले लोकेशमाथि बोली लगाएका थिए ।

यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते फास्ट बलर रिजन ढकाल चितवन राइनोजमा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'ए' क्याटगरीको खेलाडीका रुपमा चितवनले आधार मूल्य १० लाखमा खरिद गरेको हो ।

गण्डकी प्रदेशका दायाँ हाते स्पिनर सुबास भण्डारी विराटनगर किङ्ग्समा अनुबसिन्धत भएका छन् । अक्सनमा उनलाई सी क्याटगरीको खेलाडीका रुपमा विराटनगरले २ लाख ५० हजारमा खरिद गरेको हो ।

बागमती प्रदेशका ओपनर ब्याटर आसुतोस घिरैया लुम्बिनी लायन्समा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'बी' क्याटगरीको खेलाडीका रुपमा लुम्बिनी लायन्सले सर्वाधिक १० लाख रुपौयाँमा खरिद गरेको हो । बी क्याटगरीका खेलाडीका लागि बोलिने यो अधिकतम मूल्य हो ।

हेर्नुहोस कुन टीमले कुन खेलाडीलाई कति मूल्यमा किने

कुल खेलाडी १६२

पिक भएका खेलाडी खेलाडी :

१. रिजन ढकाल ए श्रेणी, चितवन राइनोज

२. कमल परियार, सी, अनसोल्ड

३. सुजन थपलिया, सी, अनसोल्ड

४. रविन्द्र जंग शाही, बी, अनसोल्ड

५. श्रवण यादव, सी, अनसोल्ड,

६. टेक रावत, सी, अनसोल्ड

७. सुवास भण्डारी, सी, विराटनगर किंग्स

८. नितेश कुमार पटेल, सी, अनसोल्ड

९. आशुतोष घिरैया, बी, दुई टिमको गोला प्रथामा १० लाख– लुम्बिनी लायन्स विजयी

१०. सुसान्त सिंह थापा, सी, अनसोल्ड

११. भोज राज भट्ट, सी, ४.५ लाख सुदूरपश्चिम

१२. ललित राजवंशी, ए, टिमबीचको गोला प्रथामा (१५ लाख) – जनकपुर बोल्ट्स

१३. चन्द्र कान्त पौडेल, सी, अनसोल्ड

१४. नरेश बुढाएर, बी, अनसोल्ड

१५. रमेश कुर्मी, सी, अनसोल्ड

१६. कमल सिंह ऐरी, ए, अनसोल्ड

१७. राजेश यादव, सी, अनसोल्ड

१८. लोकेश चन्द, सी, अनसोल्ड

१९. सूर्य तामाङ, ए, तीन टिमले गोला प्रथा गरेको (१५ लाख) – लुम्बिनी लायन्स

२०. राज प्रसाद साह, सी, अनसोल्ड

२१. लाकेश बम, ए, छ टिमले गोला प्रथा गरेकोमा (१५ लाख) – विराट नगर किङ्स

२२. नरेन भट्ट, सी, २ लाख विराटनगर किंग्स

२३. निर्मल गुरुङ, सी, अनसोल्ड

२४. विपिन रावल, बी, ८ लाखमा – चितवन राइनोज

२५. रोहन दुतराज विके, सी, अनसोल्ड

२६. इश्वर क्षेत्री, सी, अनसोल्ड

२७. दिनेश खरेल, सी, २ लाख पोखरा एभेन्जर्स

२८. अरनिको प्रसाद यादव, सी, २.२५ लाख जनकपुर बोल्ट्स

२९. दिपेन्द्र रावत, सी, ३ लाख कर्णाली याक्स्

३०. रुपेश कुमार सिंह, बी, १० लाख जनकपुर बोल्ट्स

३१. विवेक कुमार राना मगर, सी, अनसोल्ड

३२. रन्जित कुमार, सी, ३ लाख चितवन राइनोज

३३. प्रतिस जिसी, ए, तीन टिमले गोला प्रथाबाट (१५ लाख) – विराटनगर किंग्स

३४. हिमान्सु साही, सी, अनसोल्ड

३५. दिपेश कँडेल, बी, ५ लाख काठमाडौं गोर्खाज

३६. दिनेश अधिकारी, सी, २.७५ लाख लुम्बिनी लायन्स

३७. निश्चल रावल, सी, अनसोल्ड

३८. रित गौतम, बी, ५ लाख कर्णाली

३९. अजय कुमार चौहान, सी, अनसोल्ड

४०. सन्तोष कार्की, सी, गोला प्रथामा (५ लाख) – चितवन राइनोज

४१. मिलन बोहरा, सी, अनसोल्ड

४२. सुमित महर्जन, बी, ५ लाख काडमाडौं गोर्खाज

४३. अमित श्रेष्ठ, सी, ३.५ लाख सुदूरपश्चिम

४४. शाहाब आलम, ए, गोला प्रथामा १५ लाख, काठमाडौं

४५. चन्दन राम, सी, अनसोल्ड

४६. दिपक डुम्रे, सी, ३ लाख कर्णाली याक्स

४७. रितक कामत, सी, अनसोल्ड

४८. किरण कुमार ठगुन्ना, बी, गोला प्रथामा १० लाख पोखरा एभेन्जर्स

४९. शेर मल्ल, बी, अनसोल्ड

५०. राजेश पुलामी मगर, बी, ५ लाख, विराटनगर किंग्स


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement