‘सहकारी ठगीका दोषीलाई कारबाहीभन्दा उन्मुक्ति दिन राज्य संयन्त्र सक्रिय भयो’

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सहकारी ठगीका दोषीलाई कारबाहीभन्दा उन्मुक्ति दिन राज्य संयन्त्र सक्रिय भयो’

काठमाडौं । राजनीतिक दलका नेताहरुले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाहीभन्दा उन्मुक्ति दिन राज्य संयन्त्र सक्रिय भएको आरोप लगाएका छन् ।

राष्ट्रिय जनमोर्चाले आज (शनिबार) काठमाडौंमा गरेको अन्तर्क्रियामा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेहरुलाई जोगाउन राज्यका संयन्त्रहरु नै प्रयोग गरिएको आरोप लगाउनुभयो । अस्थिर सरकारका कारण दोषीहरुले राजनीतिक दलको संरक्षण पाउने गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी अन्य नेता तथा पूर्वप्रशासकहरुले सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति र चरम सत्ता स्वार्थसँग जोडिएको बताए ।

कार्यक्रममा सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थितिबारे प्रस्तुत कार्यपत्रमाथि छलफल भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement