कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते संसद्‌मा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसद् भवन बानेश्वरमा आज (शनिबार) बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले नेकपा एमालेसँग भएको सहमतिअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसारै नयाँ सरकार गठन गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक रमेश लेखकले जनाउनुभयो ।

कांग्रेसले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान भएका कारण जनजीवन कष्टकर भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारलाई आग्रह गरेको छ । बैठकले बाढीपहिरो पीडितको सहायतामा जुट्नसमेत पार्टीका सबै संरचनालाई निर्देशनसमेत दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement