सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो

धनगढी । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा पर्नुभएको छ ।

एमालेका तर्फबाट सुदूरपश्चिम सरकारमा तीन मन्त्री थिए । मुख्यमन्त्री सोडारी काठमाडौंमा रहेकाले मन्त्रीहरुले राजीनामा मुख्यमन्त्रीको सचिवालयमा बुझाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement