स्पेनीस ला लिगामा रियाल मड्रिडको अपराजित यात्रा कायमै

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनीस ला लिगामा रियाल मड्रिडको अपराजित यात्रा कायमै

काठमाडौं । स्पेनीस ला लिगामा रियाल मड्रिडले अपराजित यात्रालाई कायमै राखेको छ ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियालले भिल्लारियाललाई २-० ले पराजित गर्दै जारी ला लिगामा ९ खेलसम्म अपराजित यात्रालाई विस्तार गरेको हो । रियालले दुवै हाफमा १-१ गोल गर्यो ।

यस जितसँगै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनासंगको अंक दुरी शून्यमा झारेको छ। खेलका दौरान रियालका उपकप्तान ड्यानी कार्भाजलको खुट्टामा गम्भीर चोट लागेको थियो । १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रियालले २-० को जित हात पार्यो । यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । लिग लिडर बार्सिलोनाको पनि २१ अंक छ । तर बार्साले एक खेल कम खेलेको छ ।

अन्य खेलमा रायो भालेकानोले रियल भालाडोलिडलाई २-१ ले पराजित गर्दा सेल्टा भिगोले लास पाल्मासलाई १-० र इस्पनयोलले मार्लोकालाई २-१ ले हरायो । गेटाफे र ओसासुनाले १-१ को बराबरी खेल्दै अंक बाढे ।

ला लिगामा आज जिरोना र एथलेलिको क्लब, अलाभेस र बार्सिलोना, सेमिया र रियाल बेटीस तथा रियाल सोसीडार्ड र एथलेटीको मड्रिड प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement