म्यानचेस्टर सिटीद्वारा फुलहम पराजित

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर सिटीद्वारा फुलहम पराजित

काठमाडौं । माटेओ कोभासिकले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगमा तेस्रो खेल पछि स्पस्ट ३ अंक जोडेको छ ।

जारी प्रिमियर लिगमा अपराजित भएपनि अघिल्ला २ खेलमा बराबरी खेल्दै अंक बाढेको सिटीले यस खेलमा फुलहमलाई ३-२ ले हराएको हो ।

इतिहाद स्टेडियममा २६ औं मिनेटमा एन्ड्रियास परेराले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । सिटीका मिडफिल्डर कोभासिकले ३२ औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले कमब्याक गर्यो । ४७ औं मिनेटमा कोभासिकले गोल गर्दै सिटीलाई २-१ ले अघि बढाए ।

८२ औं मिनेटमा जेरेमी डोकुले गरेको प्रहारले पोष्टको दिशा लियो । ८८ औं मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरेपछि फुलहमले खेलमा फर्कने कोशिस गर्यो । तर त्यसपछि दुवै पक्षले थप गोल गर्न नसकेपछि पेप गार्डियोलाको टोलीले ३ अंक सुरक्षित गर्यो । जितसंगै सिटीले ७ खेलमा १७ अंक जोडेको छ । सिटी तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ११ अंक जोडेको फुलहम सातौं स्थानमा छ ।

गए रातिनै सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्यो । एभर्टनले न्युकासल युनाइटेडसाग गोलरहित बराबरी खेल्दा आर्सनलले साउथहृयाम्पटनलाई ३-१ र ब्रेन्टफोर्डले उल्भ्सलाई ५-३ ले हरायो ।

यस्तै लेस्टर सिटीले बर्नमथलाई १-० र वेस्ट हृयामले इपस्विच टाउनलाई ४-१ ले पराजित गर्‍यो । प्रिमियर लिगमा आज एभर्टन र न्युक्यासल, एस्टोन भिल्ला र म्यानचेस्टर युनाइटेड चेल्सी र नटिङघम फरेस्ट तथा ब्राइटन र टोटेनहम प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement