काठमाडौं । आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अहिले सांसद्हरुले आकस्मिक समयमा बोल्नेक्रम चलिरहेको छ । आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
विभिन्न मन्त्रालय अन्तर्गतका विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ मन्त्रीहरुले दिने पनि आजको कार्यसूचीमा उल्लेख छ ।