कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक सुरु हुन सकेन

काठमाडौं । आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन । अतिरिक्त काम गरेबापत भत्ता पाउनु पर्ने माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बैठक प्रभावित भएको हो । कर्मचारीहरुले अहिले संघीय संसद भवन अगाडि विरोध गरिररहेका छन् ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

विभिन्न मन्त्रालय अन्तर्गतका विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ मन्त्रीहरुले दिने पनि आजको कार्यसूचीमा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.