काठमाडौं । समतामूलक समाजका लागि व्यवस्था गरिएको समावेशिता कागजमा मात्र सीमित भएकोमा सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । महिला तथा सामाजिक मामिला समितिले समावेशी आयोगसँग आज गरेको छलफलमा समावेशितालाई प्रभावकारी बनाउन निकै सुधारको खाँचो रहेको सांसदहरुले बताएका हुन् ।
निर्वाचन आयोगदेखि लिएर महिला समावेशिता सम्म नै चुस्तदुरुस्त बनाउनु पर्ने सांसदहरुले माग गरेका छन् । समावेशितामा देखिएको समस्या समाधानका लागि आयोगको तदारुकता आवश्यक रहेको पनि सांसदहरुले बताए ।
आयोगले सरकारी तथा गौरसरकारी निकाय तथा अन्य संवैधानिक आयोगहरुसँग सहकार्य गरेर समावेशितालाई प्रभावकारी बनाउने बताएको छ ।