पार्टी नै नरहने अवस्था बनेपछि संसद् विघटन गरें : अध्यक्ष ओली

जेष्ठ २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी नै नरहने अवस्था बनेपछि संसद् विघटन गरें : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद् विघटनको सिफारिस गरेको बताउनुभएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटी अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरिरहेका वेला विपक्षीका नेतालाई सरकार बुझाउन पार्टीभित्रैका नेताहरु सक्रिय भएपछि संसद् विघटनको सिफारिस गरेको बताउनुभएको हो । उहाँले संसद् विघटन नभएको भए अहिले एमाले पार्टीसमेत नहुने दाबी गर्नुभयो ।

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै अदालतमा गएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाएको समेत आरोप लगाउनुभयो । ओली प्रधानमन्त्री भएका बेला दुईपटक संसद् विघटन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.