दलहरुबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक आज ४ बजेलाई सर्‍यो

जेष्ठ ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दलहरुबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक आज ४ बजेलाई सर्‍यो

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आजै ४ बजे बस्ने गरी सरेको छ । दलहरुबीच सहमति नजुट्दा आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजेलाई सरेको हो । 

बैठकका विषयमा आज सभामुख देवराज घिमिरेले संसद् चलाउने विषयमा बानेश्वरमा कानुन मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको थियो । तर दलहरुबीच सहमति जुट्न नसकेकाले बैठक सारिएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने माग राख्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.