कान्तिपुर समाचार, १५ कार्तिक २०८१

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १५ कार्तिक २०८१

आजका मुख्य समाचार

– धनधान्य सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै / गाउँ सहरमा दीपावलीको रौनक / देउसी भैलो सुरु ।

– सत्तारुढ दलले चाहेजस्तै राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदा तयार / २० प्रतिशत सदस्यले अलग दल गठन गर्न सक्ने / गृह मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी ।

– आफ्नो सयौं रोपनी जग्गा वर्षौंदेखि गायव भएकोबारे त्रिभुवन विश्वविद्यालय नै बेखबर / ललितपुरको लुभुमा ३ सय ७५ र कुपण्डोलमा २१ रोपनी जग्गा रहेको तथ्य फेला ।

– बर्सेनि फेरिने मापदण्ड र मूल्यका कारण रुद्राक्ष उत्पादक किसान समस्यामा / गतवर्ष किलोको ११ लाखसम्ममा बिक्री गरेका किसानले यो वर्ष १ लाख पनि पाएनन् ।

– खेल क्षेत्रमा लगानीभन्दा राजनीति हावी / उत्कृष्ट नतिजाको अपेक्षा गर्ने सरकार पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्न भने सधैं उदासीन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.