काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियान चलाइरहेको टिप्पणी गर्नुभएको छ ।
आज काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको भएपनि प्रधानमन्त्री ओलीलाई एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको दाबी गर्नुभयो ।
उहाँले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले त्यसको प्रतिवादका लागि सामाजिक सञ्जालको अधिक प्रयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।